१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘पारिजातमा एसईई ग्रेडिङ सम्मानित’



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगा न.पा.७ वनगाईमा अवस्थित पारिजात माध्यमिक विद्यालयले एसईई २०७५ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा अभिनन्दन गरेको छ । वाणगंगा क्षेत्र भित्र शैक्षिक तथा भौतिक रुपमा अब्वल शैक्षिक एकेडेमीका रुपमा परिचित पारिजातले विद्यार्थीलाई सम्मान गरेको हो ।

एसईई परिक्षामा पारिजात माविबाट ५७ जना विद्यँर्थी सहभागी थिए । जस मध्ये ५ जनाले ए प्लस ल्याएका छन् । यस्तै १२ जनाले ए, १४ जनाले बि प्लस, १३ जनाले बि र १३ जनाले बि प्लस ल्याउन सफल भएको विद्यालयका प्राचार्य कृष्ण केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् शैक्षिक प्राज्ञिक व्यक्तित्व बसन्तराज खनालले एसईई परिक्षामा सामेल विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनको उज्जवल भविष्यको कामना गर्नुभएको छ । अहिलेको नतिजाले आफुहरुलाई उत्साहित बनाएको भन्दै आगामी दिनमा अझै राम्रो नतिजा ल्याउने प्रयास हुने उहाले बताउनुभयो ।

कार्यक्रममा सहायक प्राचार्य द्वय बसन्त भुसाल, भोजराज पोख्रेल, अभिभावकको तर्फबाट गीता थापा लगायतले एसईई परिक्षामा उत्त्र्रीण विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

विद्यालयका प्राचार्य कृष्ण के.सी.ले एसईई परिक्षामा यो नतिजा आउनुमा निष्ठावान् शिक्षक, प्रेरक अभिभावक, विद्यालय सञ्चालक तथा शुभचिन्तक, विद्यार्थी भएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै विद्यँर्थीहरुलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गर्नुभयो ।

कार्यक्रम शिक्षक तारा प्रसाद पौडेलको स्वागत मन्तव्य र शिक्षक नारायण अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  १० : २५ बजे