१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तीन महिने हाउस वायरिङ तथा प्लम्बिङ तालिम सकियो



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगामा सञ्चालित ३ महिने हाउस वायरिङ तथा प्लम्बिङ तालिम सकिएको छ । वाणगंगा नगरपालिकाको आर्थिक सहयोग तथा वाणगंगा नगर स्तरिय दलित उपभोक्ता समिती कपिलवस्तुको आयोजनामा सञ्चालित तालिमको बुधबार समापन गरिएको हो । तालिमको समापन गर्दै नगर उपप्रमुख चक्र अर्यालले सिकेको सिपलाई सदुपयोग गर्दै स्वरोजगार बन्न सहभागीलाई आग्रह गर्नुभयो ।
उहाले वाणगंगाका युवालाई स्वारोजगार बनाउन नगरपालिकाले आगामी वर्ष पनि यस्ता तालिम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रम उपमेयर अर्यालको प्रमुख आतिथ्यता, वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेल, कार्यपालिका सदस्य योगनाथ सुनार, कृष्ण बहादुर विकको विशिष्ट आथ्त्यितामा भएको हो ।
वाणगंगा दलित संजालका अध्यक्ष टिका सुनारको अध्यक्षतामा भएको समापन कार्यक्रमको स्वागत मन्तब्य संजालमा सचिव पिताम्बर विकले स्वागत मन्तब्यराख्नुभएको थियो कार्यक्रमको सञ्चालन दलित अधिकारकर्मी पूर्णचन्द्र परियारले गर्नुभएको हो ।
कार्यक्रममा प्रशिक्षर्थी कृष्ण बहादुर विक र प्रशिक्षक महेश कुवर लगायतले बोल्नु भएको थियो । तालिममा सहभागि १८ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो भने सहभागी एक मात्र महिला मनिसा विकलाई विद्युतिय औजार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६ बिहिबार ००:००  ६ : ११ बजे