२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

युथ एलाइन्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



शिव खनाल, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको भृकुटी माबिमा एक कार्यक्रमका बीच रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जिवनदान भन्ने नाराका साथ युथ एलाइन्स फर चेन्ज बुड्ढीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका छन ।

देशभर रगत अभावको कारण हजारौंले ज्यान गुमाइरहेकाले रगत अभावमा कसैको पनि ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरियको युथ एलाइन्स फर चेन्ज बुड्ढीका संयोजक रुपक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले युथ एलायन्स फर चेन्जले आयोजना गरेको रक्तदान कार्यक्रम सबैको हितमा भएकाले यस्तो आयोजनाहरुलाई बुद्धभूमि नगरपालिकाको सधै साथ रहने र आगामी दिनहरूमा समेत यस्तै जनहितका कार्यक्रममा युथ एलायन्स फर चेन्ज क्लबले निरन्तरता दिने अपेक्षा गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भएको क्लबका सचिव लेखनाथ खनालले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  ७ : ५७ बजे