८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गायक दिपु मगरको तीज कोशेली ‘भुरुङ झै गुरुङ झैं’ (भिडियो)



विमल गैरे, कपिलवस्तु ।
नेपाली हिन्दु नारीहरुको महान पर्ब तीज, हरेक बर्ष झैं यस बर्ष पनि नजिकिदै गर्दा तीजका गितहरुले बजार तताउन थालिसकेका छन् । तीजकै लागी बिभिन्न गीतहरु आउने क्रम संगै विगतका बर्षहरुमा झै आमा दिदी बहिनी दाजुभाइलाइ तीजमा नचाउदै आएका लोक तथा दोहोरी गायक दिपु मगरले यस बर्ष पनि सवैलाइ नचाउने तीज गीत ‘भुरुङ झै गुरुङ झैं’ सार्बजनिक गरेका छन् ।
रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तोता समेत रहेका मगर पछिल्लो समय मोडलिङ्मा समेत देखीन थालेका छन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीका पुर्व सचिव समेत रहेका गायक २०७४ सालमा छुक छुके रेल बाट निकै चर्चामा आए जवर्जस्ती नचाइले, घन्काइदेउ मादलु, नाच्नु आमा नाच्नु, चुई चुई चुईकने जुत्ता लगायतका तीज गीतहरु बजारमा उपलव्ध गराएका मगरलाई गायिका रेनु राना मगरले भने कहिल्यै साथ छोडिनन् ।
दिपु मगर को आफ्नै युट्युब च्यानलबाट सार्वजनीक गरिएको तीज गीत ‘भुरुङ झै गुरुङ झैं’ मा दिपु मगर र गायिका रेनु राना मगरको स्वर रहेको छ भने यस गीतमा संगीत खेम सेन्चुरी र शब्द गायक दिपु मगरकै रहेको छ । गीतमा चर्चित गायक तथा मोडल रामजी खाण, रेनु राना मगर, दिपु मगर ,सृजना जिसी र हास्यकलाकार अनिमेश गुरुङको अभिनय रहेको छ । निर्देशन मौसम हिमाली छायांकन करण चैसियर साथै सम्पुर्ण दृश्य निर्माण एकता फिल्मस प्रा लि को रहेको छ ।

 

 

प्रकाशित मिति : १० श्रावण २०७६ शुक्रबार ००:००  १ : ०५ बजे