५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ओदारी खानेपानी निर्माण हुने भएपछि सर्वसाधारण खुसी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ११ ओदारीमा ओदारी खानेपानी निर्माण हुने भएपछि सर्वसाधारण खुसी भएका छन् । चार दिन अघि शिल्यान्यास भएको सबा दुई लाख लिटर क्षमताको खानेपानी आयोजनाले जनतामा खुसी छरेको हो ।
सो आयोजनाबाट त्यस क्षेत्रका ९ सय ५० घर धुरीले शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् । लामो समयदेखि ओदारी क्षेत्रका बासिन्दा शुद्ध खानेपानीको पहुँचबाट टाढा रहेका कारण मानिसहरुमा बिभिन्न रोगब्याधिहरु पनि देखिएका थिए । सो आयोजनाको काम सम्पन्न भएपछि शुद्ध खानेपानीको अभावका कारण लाग्ने रोगहरुबाट पनि बच्न सकिन्छ कि भन्दै भडसडवाका काशिराम भट्टराइले मायादेवी अनलाइनसंग खुसी बाँड्नु भयो ।
यसै आर्थिक बर्षको आगामी माघ भित्र सकिने गरी अहिले पनि काम धमाधम भइरहेको छ । अहिले पिलर उठाउने काम भइरहेको वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्यालले बताउनु भयो । समयमै काम सक्नको लागि आफूले निरन्तर त्यसको अवलोकन र नीरिक्षण गरेको पनि अर्यालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ७ : ४८ बजे