२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित, यस्ता छन् माग



मायादेवी अनलाइन, तौलिहवा ।

वन पैदावार शुल्क र नयाँ प्रस्तावका शुल्क हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ कपिलबस्तु आन्दोलित भएको छ । सामुदायिक वन उपभोक्ता समुहमा लगाईएका तथा लगाउन प्रस्ताव गरिएका तेहोरो कर तथा गैर करका विरुद्ध ध्यानाकर्षण भएको जनाउँदै महासंघ कपिलबस्तुले आन्दोलनको पहिलो चरणमा  सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सदरमुकाम तौलिहवामा आज सम्पन्न जिल्ला महासंघ कपिलबस्तुले सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालमार्फत अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुुझाएको छ । सामुदायिक वनमा हालसम्म लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्क हटाउन पनि महासंघले माग गरेको छ ।

सरकारले वन व्यवस्थापन र सामुदायिक विकासमा नै लगानी गरिरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारले सामुदायिक वनको सबै रकम आफ्नो कोषमा ल्याउने गरी अतिरिक्त कर लगाउने कानूनी व्यवस्था गर्न लागिएको कार्यप्रति पनि गम्भिर असहमति जनाएको सामुदायिक बन उपभोक्ता महासंघ कपिलबस्तुका अध्यक्ष हुमनाथ भट्टराईले बताउनुभएको छ ।

यसैगरी, व्यापारिक प्रयोजनका लागि समूह बाहिर बिक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कको रुपमा संघीय विभाज्य कोषमा रकम जम्मा हुने व्यवस्था गरी उक्त रकम संघ, प्रदेश र स्थानीय तहले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम आपसमा बाँडफाँडको व्यवस्था गर्न माग गर्दै आन्दोलित बनेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ५ : १९ बजे