१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

युवामैत्री नीति र कार्यक्रम ल्याउन वक्ताको जोड



थानेश्वर अधिकारी, वाणगंगा ।
शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ सोमबार कपिलवस्तुमा पनि विविध कार्यक्रम गरी अन्तर्राष्टिय युवा दिवस मनाइयो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ तारिखमा यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्राष्टिय युवा दिवस मनाउँदै आइएको छ ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं ६ मा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख तारावती चौधरीले युवाहरु नै देश निर्माणका आधार भएकाले उनीहरुको व्यतिmत्व र नेतृत्व विकास गरी सकारात्मक काम तर्फ उग्रसर गराउन पहल गर्नु पर्ने कुरामा जोड दिनुभएको छ । उहाले युवामैत्री नीति र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाल युवा संस्था संजाल आयोन प्रदेश नं ५ को अगुवाई र नव जीवन संस्था तौलिहवा कपिलवस्तु, लक्ष्मणघाट सामाजिक बिकास केन्द्र, सामाजिक परिवर्तनका लागि युवा अभियान कपिलवस्तु, राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा स्लो साईकल रेस, नाटक, र कबिता प्रतियोगिताको आयोजना गरिएको थियो । बाणगंगा नगरपालिकाका वडा नं ५, ६ र ७ मा रहेका बिद्यालयहरुको सहभागितामा प्रतियोगिताको आयोजना गरिएको थियो । कबिता वाचन प्रतियोगिता तर्फ लक्ष्मणघाट माध्यमिक विद्यालयका छात्रा समिक्षा बेल्बासे प्रथम, पारिजात माध्यमिक विद्यालयका छात्रा आकृति गैरे द्धितीय, लक्ष्मघाट माध्यमिक विद्यालय बाट अबिरल अधिकारी तृतीय, कपिलवस्तु ज्ञानज्योती शिक्षा सदन बैदौलीकाका छात्र दिप्सन भुषालले सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रम संयोजक अंजित खनालले जानकारी दिनुभएको छ ।
त्यस्तै स्लो साईकल रेसमा छात्रा तर्फ अन्नपुर्ण बिद्या मन्दिर कोपवा बाट अमिसा चौधरी प्रथम, पारिजात मा।वि। बाट बनगाइका मोनिकाभट्टराई द्धितीय , लक्ष्मणघाट मा।वि।बाट सबिता घिमिरे तृतिय भएका छन भने छात्र तर्फ अन्नपुर्ण विद्या मन्दिरका सिवम् थारु प्रथम, पारिजात माध्यमिक विद्यालय बाट आकास गिरी द्धितिय, र झण्डा माध्यमिक विद्यालय बाट सुबित बि।सी। तृतीय भएका छन । स्लो साइकल रेसमा संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपाने र सदस्य भोजराज बञ्जाडेले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।
सो कार्यक्रममा लक्ष्मणघाट सामाजिक बिकास केन्द्रका उपाध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, नब जिवन संस्था कपिलवस्तुका कार्यक्रम संयोजक प्रेरणा बिस्टको स्वागत मन्तव्यमा कार्यक्रम भएको हो । सो कार्यक्रममा बोल्दै नेपाल युवा संस्था संजाल ९आयोन० का उपाध्यक्ष थानेश्वर अधिकारीले पृथ्वी शेष नागको टाउकोमा होइन युवाहरुको काँधमा अडेको हुनाले युवाहरु समाजिक रुपान्तरणका संवाहक भएकाले उनीहरु रचनात्मक र सृजनात्मक कार्यमा लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष बिष्णु गिरी, लक्ष्मणघाट मा।वि।का प्रधानाध्यापक चेतनाथ पौडेल, राष्टिय कलाकार दिनेश रन्जन, पत्रकार महासंघ कपिलवस्तुका सह सचिव मोहन बेल्बासे, सिद्धार्थ नाट्य समुहका सचिव पुर्ण चन्द परियार लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको थियो नाटक समसामयिक बिषयबस्तुमा आधारित रहेकाले अत्यन्त सान्दर्भिक रहेको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका सदस्य बिरेन्द्र रेग्मी जानकारी दिनुभएको छ ।
कार्यक्रमको संचालवन लक्ष्मणघाट सामाजिक बिकास केन्द्रका सह सचिव सरिता थारुको संचालनमा भएको थियो । आगामी दिनमा पनि युवाहरुको क्षमता विकास र नेतृत्व विकास संगै संस्थाले सामाजिक उत्तरदायित्वका कामहरु संचालन गरिने लक्ष्मणघाट सामाजिक विकास केन्द्रका अध्यक्ष रन बहादुर काउचाले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६ बुधबार ००:००  ५ : ५६ बजे