८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लक्ष्मणपार्कको उद्घाटन वातावरणमन्त्री गिरीले गर्ने



थानेश्वर अधिकारी ।
बाणगंगा नगरपालिका वार्ड नं ६ मा पर्ने ऐतिहासिक तथा धार्मिक तिर्थस्थल लक्ष्मणघाटमा स्थापना गरिएको लक्ष्मणपार्क तथा लक्ष्मणको मुर्तिको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन तथा वन वाताबरण मन्त्री लिला गिरीद्धारा गरिने भएको छ ।
वोलवलधाम विकास विकास समितिको अगुवाईमा स्थानिय समुदायबाट संकलन गरिएको करिव चार लाख पचास हजार बराबरको लागतमा निर्मित उक्त मुर्ति स्थापनाबाट बोलधामको आकर्षण बढ्ने बोलबमधाम विकास समितिका अध्यक्ष रन बहादुर काउचाले जानकारी दिनु भएको छ । यही असोज १५ गते १० बजे आयोजना गर्न लागिएको सो कार्यक्रममा स्थानियवासी समाजसेवी बुद्धिजिवी लगायत सम्पुर्ण सञ्चारकर्मीहरुलाई उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।
सो स्थानमा हरेक बर्ष गुरुपुर्णिमा देखी क्रषि तर्पणी जनैपुर्णिमा सम्म एक महिनाका लागी बोलबम मेला संचालन हुने गरेको छ । मेला भर्न कपिलवस्तु रुपन्देही, दाङ, अर्घाखाँची जिल्ला लगायत छिमेकी देश भरतबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
मेलामा आई भक्तजनहरु रातभरी भजन किर्तन गरी बिहान सबेरै उठेर मन्दिरका पुजारीबाट जल संकल्प गरी जलार्पण गर्ने समितिका सदस्य सन्दिप न्यौपानेले जानकारी दिनुभएको छ । आगामी दिनमा यसलाई अझै व्यवस्थित र सुन्दरीकरण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउने लक्ष्य रहेको समितिका सचिव प्रकाश भुसालले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ७ : ०५ बजे