२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेकपा बुद्धभूमिद्धारा शुभकामना आदानप्रदान



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेकपा बुद्धभूमीले आउदै गरेका चाडपर्वहरु दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुद्धभूमि नगरपालिका ४ बुड्ढीमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा ५ नम्बर प्रदेश सदस्य रुद्रलाल बन्जाडेले एकिकरण पछि पार्टीले नया रुप लिएको भन्दै नेकपा विस्तारै जनता माझ लोकप्रिय बन्दै गएको बताउनुभयो ।

उहाले विपक्षले वर्तमान सरकारले केहि गरेन भनेर अनावश्यक हल्ला फिजाएको भन्दै उक्त कुरा निराधार भएको बताउनुभयो । विकासको यात्रामा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रभा पौडेल, जिल्ला सदस्य विष्णु बेल्वासे, प्रदेश सभा सदस्य दीर्घनारायण पाण्डे लगाएतले बोल्नुभएको थियो । नेकपा वडा नम्बर ४ का अध्यक्ष बसन्त पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बसन्त पराजुलीले गर्नुभएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  ६ : १२ बजे