मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधिहरुले दशैं खर्च लिएको भन्दै नागरिकस्तरबाट चर्को बिरोध भएपछि जनप्रतिनिधिले विरोध टार्न विभिन्न उपाय अपनाउन थालेका छन् । विरोधका बाबजुत नागरिकको मनमा बस्न जनप्रतिनिधिले विभिन्न आर्थिक सहायता दिने काम अपनाउन थालेका छन् ।
यो पनि पढ्नुहोस
कपिलवस्तु नगरपालिकाले बाड्यो जनप्रतिनिधिलाई दशैंभत्ता, उप मेयर गुप्ताको विरोध
नगर प्रमुख किरण सिंहले तौलिहवाको सागरटोलमा रहेको चन्द्रघन्टा दुर्गा मन्दिरलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् । आफना स्वर्गीय आमा गुन्जेश्वरी देबी सिंहको नाममा अक्षय कोषका लागि उनले मन्दिरलाइ सो रकम प्रदान गरेका हुन् ।
मन्दिरमा आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष माधवराज शर्मालाई एक लाखको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले रकमले मन्दिर संचालनमा सहयोग मिल्ने बिश्वास ब्यक्त गरे ।
दशैं खर्च खाएको भन्ने नागरिक स्तरबाट बिरोध आएको कुरा आफुले सुनेको बताए । उनले नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरी दशैं खर्च लिएको बताए । ‘नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय भएको हो त्यत्ति बेला कसैले बिरोध गरेन अहिले केही साथीहरुले बिरोध गर्न कत्तिको जायज हो’ उनले भने ।
पहिलो बर्ष सबै जनप्रनिनिधिहरुले दशैं खर्च खाएको र गत बर्ष आफुले नलिएको उनले दाबी गर्न भ्याए । जिल्लाका अन्य पालिकाहरुका जन प्रतिनिधिहरुले समेत दशैं खर्च लिएको कुरा आफुलाई जानकारी आएको बताए । उनले लिएको दशैं खर्चका बिषयमा कार्यपालिकाका साथीहरुसंग छलफल गरी आवश्यक निर्णय लिने उनले बताए ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया