२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

गाडीको ठक्करबाट चितवनमा एक जनाको मृत्यु



चितवन ।
चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाइते अन्दाजी ३०-३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : २७ आश्विन २०७६ सोमबार ००:००  २ : २१ बजे