२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

२० लाख रुपैयाँसहित महोत्तरीबाट दुई जना पक्राउ



महोत्तरी ।
प्रहरीले दुई छुट्टाछुट्टै ठाउँमा जाँच गर्ने क्रममा २० लाख २० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार साँझ जलेश्वर नगरपालिका ३ को भिटठामोडको नेपाल-भारत सीमा नजिकैबाट ५ लाख ७५ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ का ३२ वर्षीय विजय महासेठ रहेको प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
त्यस्तै मटिहानी नगरपालिका २ मा जाँच गर्ने क्रममा एक जनालाई ११ लाख नेपाली रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ । मटिहानी नगरपालिका ६ का जीवनकुमार पूर्वेको कानुन बमोजिम शरीरमा खानतलासी गर्दा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेको दुवै जनालाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर थप अनुसन्धान भैरहेको डीएसपी बुढाथोकीले बताउनुभयो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६ शनिबार ००:००  ११ : ३७ बजे