२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

नेकपाले उपनिर्वाचनका लागि चयन गरेका यस्ता छन् उम्मेदवार



काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार साँझ बसेको सचिवलाय बैठकले उम्मेदावरको टुंगो लगाएको पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार कास्की २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाइएको छ । उनी स्व. निवर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीको धर्मपत्नी हुन् । त्यसैगरी, प्रदेशसभातर्फ दाङ २ ’ख’मा विमला वलीलाई टिकट दिइने निर्णय नेकपाले गरेको छ ।

भक्तपुर १ ’क’मा देवीप्रसाद ढकाल उम्मेदवार हुने भएका छन् । यता, बागलुङको प्रदेशसभामा नेकपाका जनमोर्चालाई समर्थन गर्ने निर्णय यसअघि नै गरेको छ । त्यसैगरी धरान उपमहानगरकालिको मेयरका लागि प्रकाश राइलाई उठाउने निर्णय नेकपाले गरेको छ ।

बैठकले ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एकको नाम सचिवालय बैठकले टुङ्गो लगाए पनि गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ जनाको नाम टुङ्गो लगाउने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । मंसिर १४ गते विभिन्न ५२ पदको लागि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  ६ : २६ बजे