९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बोलिभियाका पूर्व राष्ट्रपति मेक्सिकोको शरणमा, ज्यानमाथि नै जोखिम



एजेन्सी । बोलिभियाका पूर्व राष्ट्रपति मेक्सिको पुगेका छन् । राष्ट्रपतिबाट राजीनामा दिएको तेस्रो दिनमै एभो मोरालेस राजनीतिक शरण लिने मेक्सिको पुगेका हुन् ।मेक्सिको सिटी पुगेका मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएकाले राजनीतिक शरण लिन बाध्य भएको बताए ।

गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै लगातार प्रदर्शन भएको तथा अन्तर्राष्ट्रिय परिवेक्षकले पनि चुनावमा धाँधलीको स्पष्ट प्रमाण भेटिएको भनेपछि मोरालेसले आइतबार राजीनामा दिएका थिए ।मोरालेसलाई लिएर आएको मेक्सिकन जेट मेक्सिको सिटीमा रहेको विमानस्थलमा अवतरण भयो, त्यसपछि मोरालेसले त्यहाँ संक्षिप्त पत्रकार सम्मेलन गरेका थिए । आफूलाई पद छोड्न बाध्य पारिएको उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६ बुधबार ००:००  ९ : ३४ बजे