२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

समाजसेवी खड्काले गरे विद्यालयमा अक्षयकोषको स्थापना



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँची सन्धिखर्क ३ मा रहेको श्री बराहनेटा आधारभुत बिद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ ।  सन्धिखर्क नगरपालिका ३ छापडाँडा निवासी युवा तथा समाजसेवी ब्यक्तित्व बाबुराम खड्का तथा उहाँकी जीवन संगिनी शिक्षिका शान्ता खड्का द्वारा स्वर्गीय पिता गिर बहादुर खड्का र माता सुमित्रा खड्काको संझनामा विद्यालयमा दुई लाख दुई हजार दुई सय बाईस रुपैयाँ प्रदान गरि बिद्यालयमा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गर्नु भएको हो ।

उहाँले उक्त रकमको चेक शुक्रबार एक समारोहका  बीच  विद्यालय प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नु भएको हो । वडाअध्यक्ष लिलाराम गौतमको प्रमुख आथित्यता, चिरन भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पूर्व अध्यक्ष सहिदिन मियाँ, बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षक दिलिप केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६ शनिबार ००:००  ८ : ५२ बजे