३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

दोलखामा बस दुर्घटना हुँदा एक वृद्धाको मृत्यु



दोलखा ।
डिजेल सकिएर रोकिएको बस दुर्घटना हुँदा एक वृद्व महिलाको मृत्यु भएको छ। बुधबार गैरीमुदीबाट काठमाडौं जाँदै गरेको बा ३ ख २९९७ नम्बरको बस दुर्घटना हुँदा बैत्यश्वर गाउँपालिका(३ कि ७० वर्षिय कुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। डिजेल सकिएर भीमेश्वर नगरपालिका ८, बोचको चर्नावती खोला नजिकको उकालोमा रोकिराखेको बस ‍ओत नाघेर दुर्घटना भएको प्रहरीको भनाई छ। बसमा ३ जना मात्र यात्रु रहेको र २ जनाले झ्यालबाट हामफालेर ज्यान जोगाउन सफल थिए।
चालक र सहचालक डिजेल लिन भनेर करिब १० किलोमिटरको दुरीमा रहेको सदरमुकाम चरिकोट आएका बेला यो दुर्घटना भएको प्रहरीको भनाई छ। घटनास्थलमा डोजर र एम्बुलेन्स लिएर प्रहरी पुगिसकेको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ४ मंसिर २०७६ बुधबार ००:००  १ : ५६ बजे