५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, मुटुको चाल सुरु



काठमाडौँ ।

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही सुधार देखिएको छ । स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि बन्द गरिएको छ ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री होसमा आउनु भएको छन्, तर अत्याधिक कमजोरी र सघन उपचारको आवश्यकता भएकाले उहाँलाई अझै पनि भेन्टिलेटरमै राखिएको छ ।
स्रोतका अनुसार सुधारको क्रम जारी रहेमा ओलीलाई अब भेन्टिलेटर सहयोगको आवश्यकता पर्ने छैन। मंगलबार पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको थाहा लागेको थियो। त्यसपछि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उहाँको स्वास्थ्य अवस्थालाई अस्पतालले स्थिर भनेता पनि पूर्णरुपमा खतरामुक्त घोषणा गरिएको थिएन।उहाँलाई बोल्न तथा केही समय कसैसँग भेटघाट गर्न निषेध गरिने पनि डाक्टरहरुले जनाएको छर्। अस्पत्तालमै पुगेर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उहाँको स्वास्थ्य अवस्थाबारे बुझिरहनु भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६ बुधबार ००:००  ८ : १८ बजे