२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

उपनिर्वाचनः पुनर्वास ३ मा नेकपाका तामाङ विजयी



कञ्चनपुर ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-३ को वडाध्यक्षमा नेकपाका कृष्ण तामाङ विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा उनी ५ सय २८ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिबी तामाङले ३ सय १० मत प्राप्त गरे । यसैगरी समाजवादी पार्टीका भीम तामाङले ७५ र राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरे । ११ सय ९९ मतदाता रहेको उक्त वडामा ९ सय २४ मत खसेको थियो । जसमध्ये ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत गोपाल बास्तोलाले जानकारी दिए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट निर्वा्चित वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति प्रमुख भएपछि वडाध्यक्षको पद खाली भएको हो । मतदान स्थलभन्दा केही पर शंकास्पद वस्तु पनि भेटिएको थियो । यसभन्दा अगाडी रोल्पाको थवाङमा पनि नेकपाका उम्मेद्वार विजयी भएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ८ : ०० बजे