२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सल्यानको कुमाखमा नेकपाका धर्मे बुढाथोकी विजयी



सल्यान ।

सल्यान कुमाख गाउँपालिका-५ मा पनि मतगणना सकिएको छ । त्यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी ७ सय ९२ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर बोहोराले २ सय ५१ मत ल्याए । सल्यानमा कुल १ हजार ८ सय ३९ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो। ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ८ : ०८ बजे