३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

कांग्रेसको बैठक एक हप्ता पछि सर्‍यो



काठमाडौं ।
पुस १० गते दिउँसो १ बजेको लागि डाकिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ। ‘भोली सुर्य ग्रहण पनि लाग्नेवाला छ, नेताहरुले छलफल अझै बाँकी रहेको बताउनु भएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले भने, ‘बैठक अब ११ गते दिउँसो १ बजे बस्छ।’ विभाग थप गर्ने र भ्रातृ संघसंस्थाको विषयमा सहमति नहुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिष्कार गर्दै आइरहेको छ। पौडेल पक्षले पटक पटक बैठक बहिष्कार गरेपछि एक हप्ता स्थगित भएको बैठक भोली दिउँसो १ बजेका लागि डाकिएको थियो।

प्रकाशित मिति : ९ पुस २०७६ बुधबार ००:००  १ : ०१ बजे