५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

विप्लवका मेची कोशी इन्चार्जसहित ४ जना पक्राउ



इटहरी ।
नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य तथा मेची(कोशी व्यूरो इञ्चार्ज उमा भुजेलसहित ४ जना नेता पक्राउ परेका छन्। नेकपा बिप्लवको मेचीकोशी इन्चार्जसहित ४ जनालाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको हो।
शुक्रबार साँझ बिराटनगर महानगरपालिका २ को सोमबार हाटबाट मोरङ जिल्ला अदालतसहित दुईजनालाई पक्राउ गरेलगत्तै बिहान मेची कोशी इन्चार्जलाई पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा गोरखा घर भएकी नेकपा बिप्लवकी मेची कोशी इन्चार्ज उमा भुजेल हुन्।
पक्राउ पर्नेमा मोरङ इन्चार्ज नरेश चौलागाइँ र मेची(कोशी व्यूरो कार्यालय सचिव सुमन सिंह पनि छन्। मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई र क्षितिज पौडेललाई पक्राउ गरेको हो। भुजेल र सिंहलाई सुनसरीको चक्रघट्टीबाट चौलागाई र पौडेललाई बिराटनगरको सोमबारे हाटबाट पक्राउ गरेको हो।
मेची(कोशी व्यूरो इञ्चार्ज भुजेल शान्ति सम्झौतापछि बनेको अन्तरिम ब्यवस्थापिकाको सदस्य तथा पहिलो संविधानसभाको सदस्य थिइन्। यसैबीच विराटनगर ३ का नवराज नेपाल, पथरीशनिस्चरे नगरपालिका २ का दिपक आचार्य, मिक्लाजुंग ३ का जगतबहादुर पुलामी मगर र गोबिन्द कार्कीले आत्मसमर्पण गरेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङमा उनीहरूले निबेदन दिएर आत्म समर्पण गरेको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए।

प्रकाशित मिति : १२ पुस २०७६ शनिबार ००:००  ३ : ३६ बजे