५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

प्रदर्शनीमार्गबाट ‘विप्लव’ समूहका १५ कार्यकर्ता पक्राउ



काठमाण्डौ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका १५ जना कार्यकर्ता काठमाण्डौबाट पक्राउ परेका छन् । काठमाण्डौको प्रदर्शनीमार्गमा कार्यक्रम गर्ने क्रममा १३ जना पुरुष र २ जना महिलालाई पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिषदका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

सरकार विरोधी कार्यक्रम गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रवक्ता बोगटीले उज्यालोलाई जानकारी दिनुभयो । विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शनीमार्गमा सरकारले सीमा अतिक्रमणका विषयमा केही नबोलेको भन्दै विरोध कार्यक्रम राखेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७६ आइतबार ००:००  ४ : ०८ बजे