१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

स्ववियुको चुनाव फागुन १४ गते हुने



काठमाडौंः त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ।
यस अघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनलाका निर्देशक गंगाबहादुर थापाले ११ वर्षदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोहि दिन निर्वाचन गर्ने गरी तयारी थालिएको बताए । २०७३ सलामा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको खबर नेपाल समाचारपत्र दैनिकमा छ। तीमध्ये काठमाडौं उपत्यकास्थित प्रदर्शनीमार्गको रत्नराज्य, पकनोलको पिपुल्स र टीकापुरको कैलाल बहुमुखी क्याम्पसमा गत चैतमा निर्वाचन भएको थियो। अब ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तयारी भएको निर्देशक थापाले भने।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ७ : ४८ बजे