३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

पुस २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिनुपर्ने राप्रपाको माग



काठमाडौं ।
कमल थापा नेतृत्वको राप्रपाले पुस २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै राप्रपाले पृथ्वी नारायण शाहको दुरदर्शिता र साहसिक नेतृत्वमा नेपाली जनताको साझा प्रयासबाट वर्तमान नेपालको निर्माण र एकिकरण सम्भव भएको ऐतिहासिक तथ्य रहेको भन्दै शाहको जन्मदिनमा देशव्यापी विदा दिन आग्रह गरेको हो ।
शुक्रवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले पुस २६, २७ र २८ गते ३ दिन विविध कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाउने निर्णय समेत गरेको छ ।
‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सधैं झैं पौष २७ गते चियापान कार्यक्रमको आयोजना गरिनेछ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘२८ गते सम्पूर्ण भातृ संगठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्न प्रवचन गोष्ठीको आयोजना हुनेछ ।’

प्रकाशित मिति : १९ पुस २०७६ शनिबार ००:००  ३ : २६ बजे