३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

दाङमा विप्लव समूहका कार्यकर्ता पक्राउ



दाङ ।
दाङमा प्रहरीले विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ। शान्तिनगर गाउँपालिका ३ भलानेटीका ३५ वर्षीय रेशम बिकलाई बिहीवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले बताए। प्रहरीका अनुसार विक विप्लव नेकपाका दलित मुक्ति मोर्चाका जिल्ला सचिव हुन्। पक्राउ गरेपछि विकलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १० माघ २०७६ शुक्रबार ००:००  ८ : ३८ बजे