२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

कपिलवस्तु प्रदेशको ‘स्थायी राजधानी’ हुनुपर्छः सहसराम यादव



मायादेवी अनलाइन, चारनम्बर ।
समाजबादी पार्टी संसदीय दलका नेता सहसराम यादवले प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु नै उत्तम ठाउँ रहेको बताउनुभएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिमा आइतबार कुराकानी गर्दै उहाँले कपिलवस्तु सबैको पायक पर्ने स्थान, बिकासमा पछि परेको क्षेत्र, प्रयाप्त जग्गा, ऐतिहासिक भूमि रहेकाले प्रदेशको स्थायी राजधानीका लागि उत्तम ठाउँ रहेको उल्लेख गर्नुभयो । कपिलवस्तु प्रदेशको राजधानी बनाउने पक्षमा आफु दृढ रहेको उहाँले बताउनुभयो ।
यद्यपि उहाँले यसो भनिरहदा आफ्नो पार्टीले यो विषयमा आधिकारीक निर्णय भने लिई नसकेको प्रष्टाउनुभयो । “प्रदेशको स्थायी राजधानी कपिलवस्तु बनाउनुपर्छ भन्ने पक्षमा म दृढ छु, तर मेरो भनाई व्यक्तिगत हो, पार्टीको आधिकारीक निर्णय होइन उहाँले मायादेवीसंग भन्नुभयो, अब तत्काल पार्टीको आधिकारीक धारणा बाहिर ल्याउँछौं ।”
कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहनुभएका उहाँले प्रदेशका जनताको भावनालाई समेटेर प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने जिकिर गर्नुभयो । ‘संघीयता ल्याउनु भनेको सबै नागरिकको सहजताका लागि हो । संघीयताको मर्म अनुसार प्रदेश सरकार हिड्नुपर्छ । राजधानी अपायक ठाउँमा तोकियो भने त्यसले नागरिकको न्याय गर्दैन उहाँले भन्नुभयो, यसैले यसमा गम्भिर रुपले छलफल गरेर उपयुक्त निर्णय लिनुपर्छ ।’
बर्दियासम्म प्रदेश ५ पर्ने भएकोले त्यहाँका जनताको पनि भावना बुज्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशबाट टुक्रेर जान त्यति सजिलो नभएको भन्दै उहाँले समस्या के हो पहिचान गरेर हल गर्न तर्फ लाग्नुपर्ने धारणा राख्नुभयो ।
बाँकी अन्तर्वार्ता सुन्नुहोस

https://www.facebook.com/onlinemayadevi/videos/492531101450541/
कार्यक्रम जनप्रतिनिधिसंग कुराकानी गर्दै सहसराम यादव

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ७ : ३४ बजे