२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

‘खै सम्मान शहीदको’



नारायण खनाल ।
जसले आफ्नै बलि दियो, स्वतन्त्रता दिन
यही माटोको रक्षा गर्दा, शीर भयो छिन्न ।
सिञ्चिएर रगतले, हामीलाई दिई मान
त्यही त्याग र वलिदानले, बचायौ यो सान ।।

देश दुख्दा मुटु दुखाउने, हे महानहरू
स्वतन्त्रता खोजी गर्दा, ज्यानै हाल्यौ बरू ।
आज हामी नेपाली, नाच्छौं त्यहि कारण
स्वाधीनता बचाउन, ग¥यौ मृत्युु धारण ।।

नेपाल भूमि जननिको, उंचो शिर राख्न
नझुकेको स्वाभिमान, युगौं युग बाँच्न ।
थोपा थोपा रगतमा हाँसोस, राष्ट्रियता
भनी उड्यौ पवनमा, जागोस आत्मियता ।।

तिम्रो सपना अधुरै छ, पूरा भए न वाचा
राज्य हाम्रो चलाउने, अन्तै छन रे साँचा ।
देश बोक्ने जन्मिएन, मात्रै आलाकाँचा
अझै पनि सुध्रिएन, काम काजको ढाँचा ।।

सस्तो भयो आज देशमा, मूल्य सहिदको
जीवन बाँच्ने प्राण वायु, तुल्य सहिदको ।
कुर्सी धारि गोहीको, आँसु, चुहाउने मात्रै
बनाएर सहिदलाई भ¥याङ बोक्ने पात्रै ।।

देश फुलोस् समृद्धिले, भनी ज्यान दियौ
खै कसरी भनौं म, तिमी भ¥याङ थियौ
सत्तासिन च्यातिराछौ, सपना शहीदको
जनलाई उत्तर देउ, खै सम्मान शहीदको ।।

प्रकाशित मिति : १६ माघ २०७६ बिहिबार ००:००  ८ : ०० बजे