२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

एक युवकको सुसाइड नोट- ‘गुड बाइ इसु,तिमीले अर्को केटासँग बिहे गर्न लाग्यौ’



सुनसरी । दश वर्षदेखिको प्रेमसम्बन्धमा समस्या आएपछि तनावमा रहेका एक युवकले सप्तकोशी नदीमा हामफालेका छन्। सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलाका नगरपालिकाको सिमानामा पर्ने सप्तकोशी पुलबाट हाम्फालेर इटहरीका राजेश बानियाँ बेपत्ता भएका हुन्। इटहरी उपमहानगरपालिका(१ घर भएका बानियाँले मंगलबार साँझ सप्तकोशीमा हामफालेपछि खोजी भइरहेको छ। कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्बिरसहित स्टाटस लेखेका छन्। ’१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर बिनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो’, उनले फेसबुकमा भनेका छैन् ’केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ। गुड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौँ।’ प्रत्यक्षदर्शीका अनुसार उनी बिहानदेखि नै बुलेट बाइकमा सप्तकोशी क्षेत्रमा ओहोरदोहोर गरिरहेका थिए। आफूले चलाएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाइक र बाइकको बिल बुक कोशी पुलमाथि राखेर उनले हामफालेको एकजना स्थानीयले बताए।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  ८ : ३९ बजे