३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनमा १६ सय नाघ्यो, ६८ हजार बढी संक्रमित



एजेन्सी । चीनमा कोरोना भनिने कोभिड नाईन्टिन भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ। चिनियाँ स्वास्थ्य आयोगका अधिकारीले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार हिजो (शनिबार) मात्रै थप १४२ जनाको मृत्यु भएको छ। यो सँगै कोभिड नाईन्टिनबाट मृत्यु हुनेको संख्या १६ सय ६५ पुगेको छ। त्यस्तै संक्रमितको संख्या ६८ हजार ५ सय नाघेको अधिकारीहरुले जनाएका छन्। चीनमा हिजो दुई हजार नौ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै, फ्रान्समा पनि यस भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। हुबेई प्रान्तबाट भ्रमणमा गएका एक चिनियाँ पर्यटकको फ्रान्समा मृत्यु भएको हो। कोभिड नाईन्टिन भाइरस विश्वका झण्डै २५ मुलुकमा फैलिइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। साथै (डब्लुएचओ) ले उक्त भाइरससँग लडिरहेको चीनलाई सहयोग गर्नसमेत सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ८ : ३३ बजे