२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

बेमौसमी वर्षाको कहरः कपिलवस्तुमा करोडौं बरावरका काँचो इँटा नोक्सान



मायादेवी अनलाइन, बुद्धभूमि ।
पटक–पटक आएको बेमौसमी वर्षाका कारण कपिलवस्तु लगायत देशभरका इँटा व्यवसायीको करोडौ रुपैयाँ बरावरका काँचो इँटा नोक्सानी भएको छ । जस अनुसार कपिलवस्तुका इंटा व्यवसायीले तयारी अवस्थामा राखेका झन्डै २० करोड बराबरका इंटा नोक्सानी भएको दावी गरेका छन् ।
हिउँदे वर्षाका कारण जिल्लाका कुल ७५ बटा इँटा उद्योगको झन्डै ७ करोड काँचा इंटा नोक्सानी हुँदा २० करोड बरावरको नोक्सानी भएको इटा व्यवसायी संघ कपिलवस्तुका ईटा ब्यवसायी विष्णु पौडेलको गुनासो छ । अधिकांश भटमा पकाउन तयारी अवस्थामा राखिएको कांचो इंटा पटकपटकको वर्षाले नोक्सानी भएको छ ।
लाखौ रुपैयाँ राजश्व तिर्दा समेत वर्षाले गर्दा आपना इंटा नोक्सानी भएपनि सरकारी निकायबाट कुनै सहयोग नभएको व्यवसायी बताउँछन् । बर्षाले गर्दा इंटा भटमा कामगर्ने सयौं मजदुरको रोजीरोटी समेत प्रभावित बनेको छ ।
उता वर्षाले गर्दा देशका विभिन्न स्थानका इंटा व्यवसायीका समेत करोडौ मुल्य बराबरका इंटा नोक्सानी हुँदा यसवर्ष समेत उपभोक्ताले महँगोमा इंटा खरिद गर्नुपर्ने बाध्यता भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६ मंगलबार ००:००  ६ : १३ बजे