३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

चट्याङले लियो घाँस काटन गएकी एक महिलाको ज्यान



वीरगञ्ज । घाँस काटन गएका बेला चट्याङ लागेर पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एक महिलाको ज्यान गएको छ।चट्याङ लागेर सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरबना निवासी ४७ वर्षीय अमिया खातुनको मृत्यु भएको हो।मंगलबार दिउँसो घरबाट दुई सय मिटरको दुरीमा घाँस काटन गएको बेला चटयाङले लागेर खातुन गम्भीर घाइते भएकी थिइन्।उनलाई उपचारको लागि वीरगञ्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले बताए। बिहानैदेखि मौसम परिवर्तन भएर अहिले तराईका अधिकांश ठाउमा पानी परेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ७ : १५ बजे