७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बालिका बलात्कारको आरोपमा किशोर पक्राउ



सल्यान ।
शारदा नगरपालिकामा दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ परेका छन्। दुई वर्ष सात महिनाकी बालिकालाई एउटै गाउँमा बसने ती किशोरले बलात्कार गरेको आरोप छ। फागुन ११ मा बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए । कक्षा ६ मा अध्ययनरत ती किशोरले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित बालिकाका आफन्तले बताएको प्रहरीको भनाइ छ। बालिका रुँदै घर आएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  १२ : ११ बजे