२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नेकपामा विवाद गराइएको होः गृहमन्त्री थापा



पोखरा ।
गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापाले हालैका केही घटनाका कारण देश मध्यावधि चुनावमा जाने विश्लेषण गरिनु गलत भएको बताएका छन् । पोखरामामा गण्डकी प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा भेलामा थापाले एमसिसी, सभामुख चयन र गोकुल बाँस्कोटाको राजीनामालाई कारण बनाएर मध्यावधिमा जाने गलत विश्लेषण भएको बताए । ‘देश मध्यावधिमा जाँदैन,’ उनले भने, ‘यी कुनै कारणले समस्या आउँदैन् ।’ उनले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णयलाई मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने स्पष्ट पारे । उनले भने, ‘पार्टीमा अहिले देखिएको विवाद भएको भन्दा पनि गराइएको हो ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  ५ : ४५ बजे