६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नेकपाको सचिवालय बैठक सुरु



काठमाडौँ ।
दुई अध्यक्षबिचको विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ। आइतबार बिहान साढे ११ बजे बैठक बस्ने भनिए पनि प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेता सिपी मैनालीलाई भेट्न ग्राण्डी अस्पताल गएपछि ढिलाइ बैठक झण्डै एक घण्टा ढिलो गरी सुरु भएको हो ।
उपाध्यक्ष वामदेव गौतमको विषयलाई लिएर विवाद चर्किँदै गएका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको हो ।
सो बैठकमा राष्ट्रियसभामा वामदेवलाई राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिस गर्ने विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच उत्पन्न विवादबारे छलफल हुनेछ ।
प्रचण्डसहितका नेताहरु वामदेवलाई नै मनोनयनका लागि सिफारिस गर्नु पर्ने पक्षमा छन् । उनीहरु कुनै पनि हालतमा वामदेवलाई नै राष्ट्रियसभा सदस्य बनाउने पक्षमा छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् । यसले गर्दा नेकपा भित्र अध्यक्ष तहमै गम्भीर मतभेद देखिएको छ । आइतबारको सचिवालय बैठकले जसरी पनि यो विषय टुंगोमा पुर्याउनु । पर्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  १२ : ३४ बजे