७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभा गृहमा जुत्ता हानिएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति दिवस कार्यक्रममा सम्बोधन गरिरहेकै समयमा प्रचण्डलाई लक्षित गरी जुत्ता हानिएको हो। हानिएको जुत्ता मञ्‍चमा पुगिनसक्दै प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराका अनुसार जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  ४ : २५ बजे