काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति ८ बजेर ५६ मिनेट जाँदा एउटा ट्वीट गरे । उनको ट्वीट सामाजिक सञ्जालका लागि कुनै खुराकभन्दा कम थिएन । मोदीले ट्वीट गर्दै भने, ‘यही आइतबारदेखि फेसबक, ट्विटर, इन्स्टाग्राम र युट्युबलगायत सामाजिक सञ्जाल छोड्ने बारेमा सोचिरहेको छु ।’

This Sunday, thinking of giving up my social media accounts on Facebook, Twitter, Instagram & YouTube. Will keep you all posted.138K9:11 PM – Mar 2, 2020Twitter Ads info and privacy126K people are talking about this
अहिले प्रधानमन्त्री मोदीको ट्विटर ह्याण्डल @narendramodi लाई पाँच करोड ३३ लाखभन्दा धेरै मानिसहरुले फलो गरिरहेका छन् । फेसबुकमा मोदीको एकाउन्टलाई चार करोड ४७ लाखभन्दा धेरैले फलो गरिरहेका छन् भने इन्स्टाग्रा एकाउन्टमा तीन करोड ५२ लाखले फलो गरिरहेका छन् ।
मोदीको लोकप्रियता युट्युबमा पनि कम छैन । चार करोड ५१ लाखभन्दा धेरैले उनको युट्युब एकाउन्ट सब्सक्राइब गरेका छन् । यद्यपि मोदीले यसको बारेमा कुनै कारण बताएका छैनन् । साथै उनले आफ्नो सामाजिक सञ्जालको खाता हटाउने, निष्क्रिय रहने र टाढा रहनेबारेमा बताएका छैनन् ।
उनको ट्वीटपछि सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ । काङ्ग्रेस नेता तथा पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीको ट्वीटमा प्रतिक्रिया दिँदै रिट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘तिरस्कार छोड्नुस् न कि सामाजिक सञ्जाल ।’
प्रतिक्रिया