८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रदेश २ मा भोलि र पर्सि सार्वजनिक बिदा



प्रदेश नम्बर २ सरकारले मंगबार र बुधबार सार्वजनिक बिदा दिएको छ। फागुपूर्णिमा (होली पर्व) को अवसरमा प्रदेश नम्बर २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले फागुन २७ र २८ गते सार्वजनिक बिदा दिएको हो। मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति निकालेर होली पर्वमा दुई दिन सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन्।

‘होलीको अवसरमा प्रदेश नम्बर २ सरकारले प्रदेशभित्र दुई दिन सार्वजनिक बिदासमेत दिएको हुँदा यस पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासपूर्वक मनाउन सम्पूर्ण प्रदेशबासीमा हार्दिक आह्वान गर्दछौं,’ मुख्यमन्त्री राउतले भनेका छन्। आज पहाडी क्षेत्रमा फागुपूर्णिमा मनाइएको छ। काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा यस बर्ष कोरोनाभाइरसको त्रास र उच्च सतर्कताका कारण होली गत वर्षहरूको जस्तो उल्लासपूर्ण छैन।

प्रकाशित मिति : २६ फाल्गुन २०७६ सोमबार ००:००  २ : ४१ बजे