२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आज तराइका जिल्लामा हर्षोल्लासका साथ होली मनाइदै



मायादेवी अनलाइन, चार नम्बर
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज तराइका जिल्लामा हर्षोल्लासका साथ मनाइदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइन्छ । हिजो पहाड र हिमालमा होली मनाइएको थियो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । यस वर्ष कोरोनाको त्रासको कारण पहिलो जस्तो जमघट र रौन्क छैन ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६ मंगलबार ००:००  ७ : ०५ बजे