रेडियो   टिभी

म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस्ः प्रधानमन्त्री ओली


काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ट्वीटमा भन्नुभएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस् ।’ सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गएको मङ्गलबार बिहान ६ बजेदेखि लकडाउन आदेश गरेको हो । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस