रेडियो   टिभी

‘लकडाउन’ उत्तम विकल्पः सभापति देउवा


काठमाडौं ।

विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भएको प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । सामाजिक संजालमार्फत् उनले यस्तो बताएका हुन् ।
लकडाउनले दैनिक ज्यालादारी र न्यून आय भएकाहरूको दैनिक गुजारा चलाउने प्रबन्ध मिलाउन आग्रह गरेका छन् । कोरोनाबाट सुरक्षित हुँदाहुँदै कोही कसै पनि भोकमरीको सिकार बन्न नपरोस् । म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु उनले सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस