६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

‘मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस’



केशर बिश्वकर्मा ।
कुनै पनि देश महामारीको चपेटामा पर्नु राम्रो त होइन । तर हामीले देखिरहेका छौ कयौं बिकसित देश आज रोइरहेका छन, स्थिति नियन्त्रण बाहिर गएको छ । परिवारका सदस्यले मृत्युवरण गर्दै गर्दा हेरेर बस्नु पर्ने बाध्यता छ । अझ भन्नु पर्दा मृतक शरीर उठाउन सक्ने अबस्था छैन् । सायद कल्पना गर्न सकिँदैन तर, बिकसित सञ्चार माध्यमबाट हेर्दै गर्दा आफ्नो परिवारको सदस्य मृत्यु भैरहदा हार गुहार, चिच्यावट र आँसु कसैले सुन्न सक्ने अबस्था छैन त्यो परिदृश्यले हामीलाई पाठ मात्र होइन प्रशस्त सुरक्षित हुने मौका र समय पाएका छौं ।
दुख र कष्टमा अनेकौ समस्याहरु त अवश्य झेल्न्नु पर्छ । अझ हाम्रो देशको जीवन शैली र जीवनयापनलाई हेर्ने हो भने त कयौं परिवारमा चुलो बल्न धौधौ होला, कयौं बालबच्चा भोकभोकै बस्नु पर्ने अबस्था पनि आउँला, दैनिक मजदुरी गरेर जीवन चलाउने परिवार लाखौं छन । जुन यो परिस्थितिमा सम्भब छैन । मजदुरी गर्न यसका लागि भोकमरीको त्यो खाडललाई पनि राज्यले त्यतिकै गम्भीरतापुर्ण हेर्नु पर्दछ ।
विशेष केही दिन देखिको ‘लक डाउन’ र जनस्तरमा परेको एक किसिमको पीडा अत्यन्त दुखदायी छ तर समय र महामारीको चपेटामा गुज्रिएका देशहरुको अबस्था हेर्दा महिनौसम्म ‘लक डाउन’ गर्नु पर्ने देखिन्छ । त्यो पनि पूर्ण रुपमा संकटकाल नै लगाएर ।
अहिले नियन्त्रण भन्दा बाहिर गएका देशहरु पनि एक दुई हुँदै यो अबस्थामा पुगेका हुन । स्वास्थ्य क्षेत्रमा अब्बल रहेका देशहरु पनि नराम्रो सङ्ग चुके सायद त्यहाँ राज्य र जनताको कही न कही कमजोरी भएरै हो । हामीले प्रशस्त समय पाएकै हो । अझै समय छ त्यो कहालीलाग्दो परिबेश र कहालीलाग्दो घटनाहरुबाट जोगिने ।
सायद हामी भाग्यमानी देशका नागरिकहरु पनि हौँ । सयौं देशले महामारी व्यहोरी रहनु पर्दा हामीले पूर्व तयारीको समय प्रशस्त पाएका थियौ । तर यो हुँदा हुँदै पनि आजको दिनसम्म पाचौं संक्रमण पुष्टि भैसकेको छ । त्यही पनि प्राय बाहिरबाट आउनेहरुमा मात्र । उहाँहरु सबैलाई पुर्न स्वास्थ्यलाभको कामना गरौ ।
अन्य देशमा जस्तो स्थिति बढ्दै गयो भने स्वास्थ्य क्षेत्रमा कमजोर हाम्रो देशको अबस्था कस्तो होला कल्पना गर्न सकिदैन । भोलि हामी पनि त्यही देशको अबस्थामा पुग्नेछौ । जुन हाम्रो आँसु र रुवाई कसैले देख्ने छैन । सरकारले गरेका निर्णयलाई सबै नागरिकले आ–आफ्नो ठाउँबाट पूर्ण सहयोग गरौं सरसफाईलाई ध्यान दिउ र सबैले कामना गरौं मेरो सुन्दर देश भोलि लासै लासको शहर नबनोस । सबै प्रतिबद्ध भै ‘लक डाउन’लाई सफल पारौ र पहिलो चरणमा नै यो महामारीलाई निर्मुल पार्न सकौ । मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस ।


विश्वकर्मा आफन्त नेपाल कपिलवस्तुका संयोजक हुनुहुन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  ७ : ०५ बजे