१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कोरोनाले कसरी मानिसलाई झुक्याउँछ ?



चन्द्रकान्त न्यौपाने ।
कोभिड– १९(कोरोना भाइरस) बारे विश्व समुदाय अन्यौलमा छ । कोरोना फैलिएको तीन महिनाभन्दा बढी भइसक्यो । यसको औषधी अझैसम्म पत्ता लाग्न सकेको छैन । यो बीचमा विश्वभरको समुदायको ध्यान कोरोना र यससंग सम्बन्धित बिभिन्न तथ्याङ्कहरुको खोजीमा छ । कोरोनाको महामारी २१ औँ शाताब्दीकै सबैभन्दा बढी खतरनाक घडी रहेको आंकलन विश्वभरबाट आइरहँदा यसको न्यूनिकरण र नियन्त्रणमा विश्वभरको शक्ति केन्द्रित छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण विश्वभर सात लाख २१ हजार भन्दा बढी मानिसमा भएको छ । पछिल्ला केही दिन यता अमेरिका तथा युरोप ‘हटस्पट’ बनेपछि संक्रमित तथा ज्यान गुमाउनेको संख्या अत्याधिक बढेको छ । अहिलेसम्म कोभिड–१९ पुष्टि भएकाको संख्या विश्वभर सात लाख २१ हजार ५६२ पुगेको छ । यस्तै कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ९६५ रहेको छ । अहिलेसम्म एक लाख ५१ हजार १२८ जना संक्रमणबाट निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्युदर अहिले ३.४ प्रतिशत रहेको छ ।
विश्व शक्ति राष्ट्र अमेरिकामा दुई लाख बढी मानिसको मृत्यु कोरोनाकै कारण हुने चेतावनी छ भने अन्य बिभिन्न मुलुक नराम्ररी प्रभावित हुने आंकलनको बीच कोरोनाको बारेमा थप नयाँ रहस्य पत्ता लागेको छ । संसारकै प्रख्यात ‘न्यू इङल्यान जर्नल अफ मेडिसिन’मा प्रकाशित एक सामग्रीका अनुसार कोरोनाले नराम्ररी मानिसहरुलाई झुक्याउने गरेको पुष्टि भएको छ ।
‘न्यू इङल्यान अफ जर्नल’ले प्रकाशित गरेको यो सामग्री र कोरोनाको संक्रमणको एक कोरोना केस हिष्ट्रि जसले यसको बारेमा थप सजग बनाउन मद्धत गर्ने छ । बिभिन्न एजेन्सी र डाक्टरको सल्लाहमा तयार पारिएको यो सामग्री जसका बारेमा तपाइले अहिलेसम्म पढ्न र जान्नु भएको छैन त्यसको बारेमा म आज तपाइँलाई केही जानकारी दिँदै छु । यो निकै महत्वपूर्ण छ र आम नागरिकले पनि जान्न जरुरी छ ।
एक जना चाइनिज ब्यापारी विजनेशको शिलशिलामा जर्मनी पुगेछन् । विजनेशको शिलशिलामा जर्मनी पुगेपछि उनले मेन र एसिस्टेनसंग मिटिङ गरेछन् । मेन र एसिस्टेनसंग मिटिङ गरेपछि दुईतिन दिनपछि ती ब्यापारी चाइना फर्केछन् । यता चाइनिजसंग मिटिङ गरेको जर्मनी ब्यापारी मिटिङ गरेको तेश्रो दिनमा सामान्य विरामी परेछन् । उनमा थकाइ लाग्ने, खोकी लाग्ने, ज्वरो आउन जस्ता लक्षण देखा परेछ । ती ब्यापारी फेरि पर्सीपल्ट निको जस्तो भएछन् र फ्रेस भएको लागेपछि उनी तेश्रो दिनमा अफिस गएर काम गरेछन् । त्यहाँ कसैलाई पनि यसबारे थाहा भएन । यता चाइनिज ब्यापारीलाई पनि चाइना आउने वित्तिकै ज्वरो आएछ । खोकी लागेछ । शरीर कमजोर भएछ । उनले तुरुन्तै जचाँएछन र थाहा पाएछ कि कोरोनाको संक्रमण पुष्टि भएछ । आफूलाई कोरोना लागेको पुष्टि भएपछि उनले जर्मनको ब्यापारीलाई फोन गरेछन र भनेछन कि, ‘चेक गर’ । मलाई कोरोना भएछ । तिमी पनि चेक गर्नू । जर्मन ब्यापारी भने निको भइसकेका थिए । उनी नर्मल थिए । जाँच गराए पछि उनमा पनि कोरोना पुष्टि भयो । यस्तो अवस्था पत्ता लगाइसकेपछि ती जर्मन ब्यापारीसंग भेटघाट गरेका तर मिटिङमा सहभागी नभएका अरु ब्यक्तिलाई पनि जाँच गर्न थालियो । सबैमा रिपोर्ट पोजेटिभ देखिएछ । सुरुमा वैठकमा २ जना मात्र थिए तर उनीहरुसंग सम्पर्क गरेका अरु चार ६ जनामा कोरोना देखिएपछि स्थिति भयावह देखियो ।कोरोना सन्चो भएका जर्मन ब्यापारीबाट कसरी कोरोना सर्यो ? के उनले आफ्ना साथीभाइसंगै लक्ष्ण नदेखिँदै सम्पर्क गरेका थिए ?
डाक्टरहरुले उनीहरुकोे स्वाव पटकपटक जाँच गर्ने क्रममा पत्ता लगाएछन्, कि कोरोना लक्षण नभएको ब्यक्तिले पनि कोरोना सार्न सक्छ । यति मात्र होइन कोरोना लक्षण देखा परी ठिक भएको मानिसले पनि कोरोना सार्न सक्छ । यस्ता विरामी जसलाई लक्षण छैन त्यसले पनि कोरोना सार्न सक्छ । अझै जसले सारेको हो त्यसमा भन्दा पनि तीव्र ढंगले सरको ब्यक्तिलाई लक्षण देखा पर्न सक्छ । कोरोनाको लक्षण देखिएको अगाडी पछाडी पनि कोरोना देखिन सक्छ भन्ने पत्ता लागेपछि जर्मन ब्यापारीसंग सम्पर्क भएका सबैलाई अस्पतालमा राखिएछ । यता चाइनिज ब्यापारीको हकमा पनि त्यही गरिएछ ।
यस उदाहरणबाट सजिलै पत्ता लाग्छ कि कोरोना निकै घातक छ । सोचेभन्दा बढी घातक छ । यसले मानिसलाई नराम्ररी झुक्याउँछ । अझ रहस्यमय कुरा यो छ कि कोरोनाको लक्षण देखिएर सन्चो भएको मानिसले कसरी आफ्ना साथीलाई कोरोना सार्यो ? अध्ययन हुँदै गर्दा कोरोना सरेको तर लक्षण देखा नपरेको अवस्थामा त्यस ब्यक्तिसंग सम्पर्क गरेको मानिस पनि कोरोनाबाट बच्न सक्दा रहेनछन् ।
तपाई हामीलाई जो कोहीलाई पनि लाग्न सक्छ । म मा कोरोना छैन । विदेशीलाई पनि भेटेको होइन, बाहिर पनि गएको छैन । घरमै बसेको छु । त्यो भ्रम पालेर तपाई ढुक्क हुने अवस्था छैन् । तपाईँलाई अरु कसैले कोरोना संक्रमण गराएको हुन सक्छ । कोरोनासंग मिल्दोजुल्दो कुनै एउटा लक्षण देखिए पनि जाँच गराउन नभुल्नु होला । यसले चिनियाँ र जर्मन ब्यापारीलाई जस्तै झुक्याउन सक्ने भएकाले सचेत रहन जरुरी छ ।
कोरोनाबाट बच्ने एक मात्र उपाय भनेको समयमा जाँच हो । यदि लक्षण देखिएर ‘केयरलेस’ गरियो । जाँच गरिएन भने यसको नतिजा सोचेभन्दा नितान्त भिन्न र भयावह हुने छ । यसले ठुलो असर पार्न सक्छ । हामी सबैमा घाँटीमा कोरोनाको लक्षण हुन सक्छ । लक्षण देखिने वित्तिकै सबैले जाँच गर्नुपर्दछ । यसको लागि सरकारले जाँच गर्ने केन्द्रहरु सबै प्रदेशमा पर्याप्त राख्नु पर्दछ । ३ करोडको जनसंख्या भएको हाम्रो देश नेपालमा सयौँको संख्यामा पनि कोरोना जाँच गर्ने ठाउँ छैनन् । हजारौँ, जाँच केन्द्र नभएमा नेपालमा पनि कोरोनाको स्थिति भयावह देखिन्छ ।
अमेरिकामा पर्याप्त कोरोना जाँच गर्ने स्थान भएकाले सबैले जाँच गराएका हुनाले संक्रमितको संख्या लाखौँमा देखिएको छ । हाम्रो देशमा यी सामान्य लक्षण देखिए पनि नजाँच्ने प्रथाले मुलुक ठुलो खतराको अवस्थाबाट नगुज्रेला भन्न सकिन्न । त्यसैले कोरोना मिल्दो सामान्य लक्षण भए सबै जाँच गर्न जाऔँ । अझै विदेशबाट आएकाहरु सबै खोजिखोजी सम्बन्धित स्थानमा बनेका खोज केन्द्रमा गएर बसिहाल्न जरुरी छ । यस्तै आफूले क–कससंग सम्पर्क गरेको हो त्यसको ‘कन्ट्याक्ट हिस्टि’« पनि दिन जरुरी छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६ सोमबार ००:००  ९ : २६ बजे