७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मालारानीका जनप्रतिनिधिले राखे कोरोना कोषमा एक महिनाको तलव



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका भित्र रहेका जनप्रतिनिधीहरुले चैत्र महिनाको सेबा सुबिधा कोरोना रकम रोकथामको लागि स्थापना गरिएको कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
‘हामीले तत्काल राहत र उद्धार गर्नको लागि कोषको स्थापना गरेका छौं । त्यसैमा सबै जनप्रतिनिधीको चैत्र महिनाको सेबा सुबिधाजम्मा गर्ने निर्णय भएको छ’,–“गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले भने ।”
अहिलेसम्म तेह्र लाख भन्दा बढि जम्मा भैसकेको भन्दै मालारानी गाउँपालिकाको कार्यपालिका बैठकले पालिकाले स्थापना गरेको राहतकोषबाट कोरोना रोकथामका लागि रकम खर्च गर्ने र क्वारेनटाइनमा बस्नेलाई खाना तथा औषधी उपचार गर्ने निर्णय समेत गरेको आचार्यले बताए ।
राहत कोषमा पालिकामा काम गर्ने सम्पूर्ण कर्मचारीहरुले ५ दिन बराबरको तलब जम्मा गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले बताए ।
‘पालिकामा रहेका सबै कर्मचारीहरुको तर्फबाट पाँच दिनको तलब जम्मा गरेका छौ । शिक्षक साथीहरुले पनि जम्मा गर्ने भन्नु भएको छ, प्रशासकीय अधिकृत घर्तीले भने’,–“सबैलाई सक्दो सहयोग गर्न अनुरोध छ ।” कार्यपालिकको बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यबस्थापन कोष २०७६ सञ्चालन कार्यबिधी समेत सर्बसहमतले पारित गरेको अधिकृत घर्तीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : १९ बजे