१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

आन्तरिक विवादपछि नेकपामा सचिवालय वैठक डाक्न प्रवक्ताको माग



काठमाण्डौँ ।
आन्तरिक विवाद वढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक डाक्न दवाव परेको छ ।

स्वास्थ्य उपकरण खरिदलगायतका बिषयमा धमाधम पार्टीका नेताहरु मुछिन थालेपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक डाक्न अध्यक्षद्धयसँग माग गरेका छन् ।

पार्टीका नेताहरुको आचरणलाई लिएर प्रश्न उठ्न थालेपछि नेकपा प्रवक्ताको आग्रहमा बैठक बस्ने तयारी भइरहेको पार्टी नेताहरुको दावी छ ।

पार्टीभित्र उपप्रधानमन्त्री तथा रक्षा मनत्री इश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारका गतिविधिप्रति तिव्र असन्तुष्टि छ ।

श्रोतका अनुसार सचिवालय बैठकको माग भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने मन्त्रिपरिषद बैठक वोलाउने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ११ : ३८ बजे