१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुद्धभूमिले राख्यो ‘प्रकोप राहत कोष’मा ७५ लाख, अरु क्षेत्रसंग सहयोगको अपिल



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ‘प्रकोप व्यवस्थापन कोष’मा ७५ लाख राखेको छ । कोरोना भाइरसको संक्रमणले निम्ताएको लकडाउनका बेला गरिब, विपन्न तथा मजदुर वर्गलाई राहत वितरण गर्ने उद्धेश्यले उक्त रकम कोषमा राखेको हो ।
नगरपालिकाले यो कोषको खाता विगत देखि नै सञ्चालन गर्दै आएको थियो । शनिबार बसेको नगरकार्यपालिकाको बैठकले नगरबाट ७५ लाख कोषमा राख्ने र अरु सामाजिक संघ संस्थालाई यो विपत्तीको बेला सहयोगको लागि पहल गर्ने निर्णय गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगर भित्र गरिब, विपन्न तथा मजदुर बर्गको लगत संकलन भैरहेको भन्दै अबका केही दिनभित्र राहत बाड्न सुरु गरिने नगर प्रमुख श्रेष्ठले मायादेवी अनलाइनलाई बताउनुभयो ।
बैठकले केन्द्र सरकारले राहतका लागि बनाएर पठाएको कार्यविधिलाई स्विकृत गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।
नगर भित्र एकद्धार प्रणालीबाट राहत वितरण गर्ने बैठकले निर्णय गरेको छ । यो विपत्तीको बेला सबै क्षेत्रबाट कोषमा सहयोग हुने नगरपालिकाले अपेक्षा राखेको छ ।
राहतका लागि गोरुसिंगेमा रहेको एनएमबी बैंकमा रहेको बुद्धभूमि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषको खाता नं. ०४४००५५९९७६०००८४ मा पठाउन सकिने नगरका प्रशासन शाखाका अधिकृत राजन पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ६ : ०१ बजे