१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ओली र मोदीबीच फोन वार्ता



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।
शुक्रबार बिहान भएको संवादमा कोरोना भाइरसको महामारीविरुद्ध भैरहेको सहकार्यलाई थप सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिनुभयो ।
संवादका क्रममा लकडाउनको कारण एक अर्काको देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।
यस्तै आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न पनि छलफल भएको । भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगको लागि धन्यवाद दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  १ : ४५ बजे