२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

तस्करी र कालो बजारीयालाई कारवाही गर्न अनेरास्ववियू कपिलवस्तुको माग



घनश्याम भर, विजयनगर ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कपिलवस्तुले मंगलवार एक विज्ञप्ती जारी गर्दै नदीजन्य पदार्थ, काठ तस्करी र कालो बजारीयालाई कारवाहीको माग गरेको छ ।

विश्व समुदाय अहिले कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट संक्रमणको गुज्रिरहेको बेला यसको जोखिम नेपालमा पनि बढिरहेको यस संकटको परिस्थिथिमा यस्तो कारवाहीको माग गरिएको अनेरास्ववियू कपिलवस्तुका संयोजक बाबुराम अर्यालले जानकारी दिनुभयो ।

यस महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले चैत्र ११ गतेदेखि लगाएको लकडाउनको सबैले पालना गरी घरमै बसेर कोरोना भाइरस महामारीबाट जुध्न साथ दिईरहेको अवस्थामा लकडाउनको मौका छोपी कपिलवस्तुमा तस्करहरुले नदीजन्य पदार्थ, बन फडानी गरी काठ तस्करी, अत्यावश्यक सामग्रीमा कालो बजारी गर्ने र महंगी बढाउने गरेको सुन्नमा आएको भन्दै प्रशासनलाई ध्यानार्षण गराएको छ ।

यस्तो अवस्थामा गैर मानवीय कार्य गर्नेलाई प्रशासनले नियन्त्रणमा लिएर कारवाही गर्नुेपर्नेमा प्रशासनले नै कानमा तेल हालेर बसेको गुनासो गरेका छन् । यसमा आम समुदायमा शंका उत्पन्न भएकोले प्रशासनकै मिलेमतो भएको हुन सक्ने भन्दै आरोपसमेत लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अनेरास्ववियू कपिलवस्तुले विषम परिस्थितिमा यस्ता तस्करी र कालो बजारी गर्ने कार्य गर्नेलाई हदैसम्म कारवाही गर्न प्रशासन समक्ष जोडदार माग गरेको छ । अन्यथा यस्ता विकृतिहरु माथि अनेरास्ववियूले हस्तक्षेप गर्नेे चेतावनीसमेत विज्ञप्तीमार्फत दिएको छ ।

Image may contain: text

प्रकाशित मिति : २ बैशाख २०७७ मंगलबार ००:००  ५ : १५ बजे