७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पूर्व माओवादीका सबै मन्त्रीहरु प्रचण्ड घरमा, किन भयो एकाएक यस्तो ?



काठमाण्डौँ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन्।माओवादी मन्त्रीहरु उर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्।

आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री बर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए। ‘सबै मन्त्रीहरुलाई प्रचण्डले निवासमा डाक्नु भएको छ’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्बाट राजीनामा दिने निर्णय हुन सक्छ।’

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ४ : २० बजे