२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

समाजवादी पार्टीका सांसदमा तानातानको स्थिति, मेरियट होटलमा तनाव



काठमाडौँ ।

समाजवादी पार्टीका केही सांसदहरुलाई प्रलोभनमा पारेर काठमाडौँको नक्साल स्थित मेरियट होटलमा राखेको अभियोग लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सांसदलाई प्रलोभनमा पारेर होटलमा राखिएको आरोप समाजवादी पार्टीको छ ।

स्रोतका अनुसार आफ्ना सांसदलाई बाहिर निकाल्नका लागि समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई मेरियट होटल पुगेका छन् ।अर्का नेता आङकाजी शेर्पा केही युवासहित होटल पुगेको भए पनि उनलाई भने सुरक्षाकर्मीले प्रवेश गर्न नदिएको स्रोतले बतायो।

सो होटलमा सामाजवादी पार्टीका केही सांसदलाई पद तथा पैसाको प्रलोभन देखाएर राखेको अभियोग छ। दल विभाजन सम्बन्धी अध्यादेश केपी ओली सरकारले ल्याएपछि बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबिच एकता भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  १० : १७ बजे