२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने मुडमा




काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको नेकपा उच्च स्रोतले बतायो ।

नेकपा सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली ।

प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन्। बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन् ।

संविधानको धारा ११४ को उपधारा २ खु मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ‌ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए । अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  १२ : ४२ बजे